सुदूरपश्चिम प्रदेश

प्लास्टिक प्रयोगमा प्रतिबन्धले धनगढीका महिला दुनाटपरीबाट आम्दानी गर्दै

धनगढी: धनगढी-७ जाखोर ताल टोलकी दिलकुमारी चौधरी दुनाटपरी बनाएर आम्दानी गर्न थालेकी छन्। चौधरीले दुनाटपरीबाट आम्दानी गर्न थालेको तीन वर्ष भयो। धनगढी उपमहानगरपालिकाले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएपछि दिलकुमारी जस्तै अन्य महिलाहरूले पनि दुनाटपरीबाट आम्दानी गर्न थालेका छन्। प्लास्टिक प्रयोगमा रोक लाग्दा सालको पातबाट दुनाटपरी बनाएर आम्दानी गर्ने अवसर निर्माण भएको हो। धनगढी-७ जाखोर ताल टोलकी दिलकुमारी चौधरीले दुनाटपरीबाट आम्दानी गर्न थालेको तीन वर्ष भयो।

२०८० बैशाखमा दुनाटपरी बनाउने तालिम लिएकी चौधरीको परिवारका अन्य तीन जना समेत दुनाटपरी बनाउने काममा व्यस्त हुन्छन्। नजिकैको जङ्गलबाट सालको पात ल्याउने, मिलाउने र मेसिनमा हालेर टपरी बनाउने मात्रै होइन दिलकुमारीले आफैं मार्केटिङ पनि गर्छिन्। हरेक दिन घटीमा पाँच सयदेखि बढीमा एक हजार दुनाटपरी बनाउने गरेको दिलकुमारीले बताइन्। “दिनमा पाँच, ६ सयदेखि एक हजारसम्म पुग्छ। बनाएको दुनाटपरी धनगढीमै बिक्री हुन्छन्। थोक र फुटकर बिक्री हुन्छ,” दिलकुमारीले भनिन्।

तीन वर्ष अगाडि धनगढी उपमहानगरपालिकाले दिलकुमारी चौधरी जस्तै वडा अन्य २५ महिलाहरूलाई दुनाटपरी बनाउने तालिम दिएको हो। जाखोर ताल टोलका १० महिलाले तालिम लिएका थिए। अहिले दिलकुमारी जस्तै ६ जना अरू महिलाले पनि दुनाटपरी उत्पादन गर्छन् । धनगढी उपमहानगरपालिकाले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउँदा दिलकुमारी जस्तै धनगढीका थुप्रै महिला उद्यमी बनेर आयआर्जन गर्न थालेका छन्। प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएर आफूहरूलाई तालिम दिइएकाले आयआर्जनको बाटो खुलेको दिलकुमारीले बताइन्। “धनगढीमा प्लास्टिक बन्द हुँदा हामीलाई काम गर्ने अवसर मिल्यो। प्लास्टिक बन्द हुँदा जब साइकलमा दुनाटपरी बिक्री गर्न गए सुरूका दिनहरूमा बिक्री भएन तर अहिले जति पनि बिक्री हुन्छ,” चौधरीले भनिन्।

दिलकुमारीले आफैले ८० हजारमा दुनाटपरी बनाउने मसिन खरिद गरेकी छन्। उनले पाँच प्रकारको दुनाटपरी उत्पादन गरेकी छन्। आफ्नो घरमा बनाएको दुनाटपरी दिलकुमारीले धनगढीमै बिक्री गर्दै आएकी छन्। थोक र फुटकरमा दुनाटपरी बिक्री गरिरहेकी उनले उत्पादन गरेको दुनाटपरी बिक्रीमा कुनै समस्या नभएको बताएकी छन्। दुनाटपरीबाट एक जनाले महिनामा पाँच हजारदेखि १५ हजारसम्म आम्दानी गरिरहेको दिलकुमारीले बताइन्।

धनगढी उपमहानगरपालिकाले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएसँगै विभिन्न वडाका महिलाहरूलाई दुनाटपरी बनाउने तालिम दिएको थियो। उक्त तालिम लिएका मध्ये केही महिलाहरूले सालको पातबात दुनाटपरी निर्माण गरेर राम्रो आम्दानी गरिरहेको उपमहानगरपालिकाले जनाएको छ।

छुटाउनुभयो कि ?

धार्मिक मनोरञ्जन सुदूरपश्चिम प्रदेश

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाण्डौ – गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिबद्धता

  • २०८२ भाद्र १६, सोमबार १२:४३
धनगढीः सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म, संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आव्हान गरिएको छ। नेपाल