बिपद

बर्दियाको ठाकुरबाबाका ३ वडाका ४ वटाभन्दा बढी गाउँ डुबानमा

बर्दिया – ठाकुरबाबा नगरपालिकाको तीन वटा वडाका चार वटाभन्दा बढी गाउँ डुबानमा परेका छन् । वडा नम्बर ६, ७ र ८ का विभिन्न गाउँका एक सय भन्दा बढी घरमा बाढी पसेको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

वडा नम्बर ६ को खोकरपुर गाउँ र ७ को गाउँमा हिजो बेलुका बाढी पसेको र वडा नम्बर ८ को गोब्रेला गाउँमा राति बाढी पसेको वडा अध्यक्ष टेक बहादुर बडुवालले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालसहित नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरु रातिदेखि नै उद्दारमा खटिएका छन् ।

कति घर डुबानमा परे भन्ने थाहा हुन सकेको छैन । वडा नम्बर ६, ७ र ८ का एक सय भन्दा बढी घरमा बाढी पसेको छ । बाढी पसेका घरका मानिसलाई राति ने सुरक्षित ठाउँमा सारिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

छुटाउनुभयो कि ?

बिपद दुर्घटना

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर लाग्दा एक जनाको ज्यान गयो

  • २०८२ आश्विन १, बुधबार ०७:५९
चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर बसमा लाग्दा एक जना यात्रुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना
आगलागी बिपद समाचार

काेटेश्वर भाटभटेनीमा जलेकाे अवस्थामा एउटा शव फेला

  • २०८२ आश्विन १, बुधबार १८:५०
काठमाण्डाै – काठमाण्डौको कोटेश्वरमा रहेको भाटभटेनीमा जलेको अवस्थामा एउटा शव भेटिएको छ । ‘जेन–जी’ प्रदर्शनका क्रममा आगजनी भएपछि सरसफाइका क्रममा