बाजुरा, माघ २१ । डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी बाजुराका एक युवकको मृत्यु भएको छ । बाजुराकाे हिमाली गाउँपालिका–३ बस्ने अन्दाजी २० बर्षका रिन्जन थापा रहेकाे प्रहरीले जनाएकाे छ ।
साेमबार राति डडेल्धुराको अमरगढी नगरपालिका ११ साल्लाघारी स्थित केआइ सिंह राजमार्गमा स्याउलेबाट दिपायलतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियाे । दुर्घटनाबाट गम्भीर घाइते भएका थापाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
डडेलधुरामा बाजुराका एक युवककाे मृत्यु ।।

