समाचार सुदूरपश्चिम प्रदेश

संघर्षबाट नेतृत्वसम्म: बाजुरा तेक्वान्दो संघको अध्यक्षमा सागर धामी सर्वसम्मत निर्वाचित

बाजुरा “खेलाडी राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि” भन्ने सशक्त नारासँगै बाजुरामा तेक्वान्दोको नयाँ अध्याय सुरु भएको छ। सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको रोहबरमा स्थापना गरिएको बाजुरा तेक्वान्दो संघको अध्यक्षमा सागर धामी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
स्वामीकार्तिक खापर गाउँपालिका–४ का धामी सामान्य परिवारबाट उठेर आफ्नो निरन्तर संघर्ष, पसिना र खेलप्रतिको अथाह माया मार्फत आज नेतृत्वको स्थानमा पुगेका हुन्। अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीका रूपमा चिनिएका उनी अहिले आफ्नै गाउँपालिकामा प्रशिक्षकको भूमिका निभाउँदै नयाँ पुस्ता तयार पारिरहेका छन्।
उनको जीवन यात्रा केवल व्यक्तिगत सफलता होइन, दुर्गम भेगका युवाहरूका लागि प्रेरणाको कथा पनि हो। सीमित स्रोतसाधनबीच पनि खेलप्रतिको लगाव र अठोटले कसरी सपना साकार पार्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धामी।
संघको उपाध्यक्षमा त्रिवेणी नगरपालिकाका लोकेश सार्की र सचिवमा बुढीनन्दा नगरपालिकाका खेल प्रशिक्षक ओमप्रकाश लामा चयन भएका छन्। स्थानीय तहका प्रतिनिधित्वसहित समावेशी कार्यसमिति गठन गरिएको नव-निर्वाचित अध्यक्ष धामीले जानकारी दिएका छन्।
बाजुरामा तेक्वान्दोको विकास र विस्तारका लागि यो संगठन महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन