राजनीतिक   सुदूरपश्चिम प्रदेश

सानै उमेरमा ठूलो जिम्मेवारी : राजेश रेग्मी बने कांग्रेस वडा सभापति


बाजुरा — उमेर सानो भए पनि सोच, सक्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धता ठूलो भयो भने नेतृत्वका लागि उमेर बाधक बन्दैन भन्ने उदाहरण बनेका छन्, बुढीनन्दा नगरपालिका–६  का राजेश रेग्मी।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढीनन्दा नगरपालिका–६  को वडा सभापतिमा रेग्मी सर्वसम्मत चयन भएका छन्। कम उमेरमै पार्टीको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै उनको नेतृत्वलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ।
पेसाले व्यवसायमा संलग्न रेग्मीले सिभिल सब–इन्जिनियरिङको अध्ययन समेत गरेका छन्। अध्ययनपछि गाउँमै बसेर आफ्नो ज्ञान, सीप र क्षमतामार्फत केही गर्नुपर्छ भन्ने सोचका साथ उनी गाउँमै सक्रिय रहँदै आएका छन्।
सानै उमेरदेखि राजनीतिमा रुचि राख्दै आएका रेग्मी विद्यार्थी राजनीतिमा समेत सक्रिय थिए। सीटीईभीटीअन्तर्गत नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका उनले विद्यार्थी जीवनदेखि नै संगठन र सामाजिक गतिविधिमा आफ्नो सक्रियता देखाउँदै आएका छन्।
गाउँका युवादेखि अग्रजसम्मसँग निरन्तर संवाद र सहकार्य गर्दै आएका रेग्मीलाई वडा सभापतिको जिम्मेवारीका लागि स्थानीय कांग्रेसजनले सर्वसम्मत रूपमा रोजेका हुन्।
सानै उमेरमा प्राप्त भएको यो जिम्मेवारी उनका लागि केवल पद नभई विश्वास, जिम्मेवारी र आगामी राजनीतिक यात्राको परीक्षा पनि हो। गाउँमै बसेर केही गरौँ भन्ने सोच बोकेका रेग्मी अब संगठनलाई बलियो बनाउने, युवालाई राजनीतिमा जोड्ने र स्थानीय जनताका आवाजलाई पार्टीको माध्यमबाट अघि बढाउने चुनौतीसहित नयाँ जिम्मेवारीमा प्रवेश गरेका छन्।
उमेरले होइन, क्षमता, विचार र जिम्मेवारीप्रतिको इमानदारीले नेतृत्वको पहिचान बनाउँछ। राजेश रेग्मीको सर्वसम्मत चयनले पनि राजनीतिमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वप्रतिको स्थानीय अपेक्षालाई प्रतिबिम्बित गरेको छ।

छुटाउनुभयो कि ?

धार्मिक मनोरञ्जन सुदूरपश्चिम प्रदेश

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाण्डौ – गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिबद्धता

  • २०८२ भाद्र १६, सोमबार १२:४३
धनगढीः सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म, संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आव्हान गरिएको छ। नेपाल