बाजुरा : हिमाली गाउँपालिका–५ कुवाडीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ। शिविरमार्फत जम्मा २८० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा २६६ जनाको नसर्ने रोग (NCD) सम्बन्धी स्क्रीनिङ गरिएको छ भने ३८ जनाको पाठेघरको क्यान्सर परीक्षण गरिएको आयोजकले जनाएको छ। साथै ४८ जनाको ल्याब परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो।
दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीयहरू लाभान्वित भएका छन्।
यसै क्रममा भोलि साविक बिच्छ्या गाविसका नागरिकहरूका लागि बिच्छ्या स्वास्थ्य चौकीमा पनि स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन हुने जानकारी दिइएको छ।
हिमाली–५ कुवाडीमा स्वास्थ्य शिविर सम्पन्न : २८० जनाले सेवा लिए

