काठमाण्डौ – महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा रहेको आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिका बिरामी भएका छन् । खाजामा छेपारो परेको थाहा पाएपछि खाजा खाएका बालबालिका बिरामी परेपछि अस्पताल पु¥याइएको हो ।
आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार हिजो दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि बालकले खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए । त्यसपछि अन्य बालबालिकाले पनि वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले खाजा खाएका सबै बालबालिकालाई जनकपुरमने प्रादेशिक अस्पतालमा पु¥याएका हुन् ।
प्रादेशिक अस्पताल जनकपुरधामकाअनुसार कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन तर शतर्कताका लागि सबैलाई अस्पतालमा राखिएको हो । यता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुग्यो यस विषयमा छानविन गरेर दोषीलाई कारबाहीसम्म गर्ने चेतावनी दिनुभयो । उपचारका लागि पुगेका सबै बालबालिकाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कतिपय बालबालिका उपचारपछि घर समेत फर्किसकेका छन् भने केही बालबालिकालाई अझै अस्पतालमा राखिएको छ ।

