बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकाका एक युवक बुधबार एक किलो चरेश सहित पक्राउ परेका छन् ।
सोही नगरपालिका–१० बस्ने २८ वर्षीय विरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बडीमालिका नगरपालिकाको बाउलीबाट थापालाइ पक्राउ गरेको बताए ।
प्रहरीले थापाले बोकेको झोलामा खोज तलासी गर्दा सेतो प्लाष्टिकमा बेरेर राखेको र अवस्थामा गस्ती टोलीले पक्राउ गरेको बताएका छन् ।
पक्राउ परेका थापालाई सोधपुछ गर्दा चरेश खरिद गरेर विक्रीका लागि ल्याएको बताउदै आएको अन्य कुरा खुल्न बाकी रहेको प्रहरी निरिक्षक चौधरीको भनाई रहेको छ ।
प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको छ ।
चरेश सहित एक युवक पक्राउ

