गाउँघर विशेष राजनीतिक   सुदूरपश्चिम प्रदेश

बुढिनन्दा नगरपालिका ३ मा २८ जनाले एमाले परित्याग काङ्ग्रेस मा प्रवेश

बाजुरा:
बुढीनन्दा नगरपालिका वडा नं ३ का २८ जनाले नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश भएका छन् । नेपाली काँग्रेस बाजुराका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनक गिरी घरदैलाे अभियानमा बुढीनन्दा नगरपालिका वडा नं ३ सिराडी पुगेपछि उत्साह सहित त्यहाँका २४ जना काँग्रेस प्रवेश भएको युवा नेता रविन्द्र राेकायाले बताए ।
प्रवेश हुनेमा बलरुप चँदारा,वीर चँदारा, चिने चँदारा, तुर्मा चँदारा बैशाखी चँदारा, वसन्ती चँदारा, विस्ना चँदारा , सुर्ज चँदारा , गाेहाेडे चँदारा , सुर चँदारा , काली चँदारा , मनलाल चँदारा , मानरुप चँदारा , राजकला चँदारा , बिर्ख चँदारा, अाेली चँदारा, विस्ना चँदारा, दिलमाया चँदारा, राजकला चँदारा, शिवकलि चँदारा, टेक बाेहाेरा, हिक्मत बाेहाेरा, माेहन बाेहाेरा र पिरम बाेहाेरा रहेकाे नेता राेकायाले बताएका हुन् ।
नवप्रवेशीहरूलाई नेपाली काँग्रेसका पुर्व केन्द्रीय सहमहामन्त्री बद्रि पाण्डे, प्रतिनिधि सभासदस्य जनक गिरी, उपसभापति नारायण पाध्या,महासमिति सदस्य पदम गिरी प्रदेश क सभापति राम बहादुर बाेहरा लगायतका नेताहरूले नेपाली काँग्रेस पार्टीमा भव्य स्वागत गर्दै काँग्रेसले उहाँहरूकाे अपेक्षा अनुसार काम गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नभएकाे छ ।
प्रवेश हुनेमा बुढीनन्दा ३ सिराडी टाेलका स्थानीय बढी रहेका छन् ।

छुटाउनुभयो कि ?

गाउँघर विशेष

कैलाली कारागार झडपमा घाइते गोदावरीका भट्टलाई स्काई ट्रकबाट काठमाडौं लगिँदै

अत्तरिया : कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं लगिने भएको छ । नेपाली सेनाको
गाउँघर विशेष

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा

पाटन, साउन ३१-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ । सहकारी ठगीको अभियोगमा