गाउँघर विशेष राजनीतिक   समाचार

प्रतिनिधि सभा सदस्य शाही पुनः मतदाताको गुनासो सुन्न गाउँमा

कालिकोट
कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित महेन्द्र  बहादुर शाही विजय प्राप्त गरेलगत्तै जनताको माझमा पुगेर धन्यवाद ज्ञापन तथा गुनासो सुन्न थालेका छन्।
आज पलाता गाउँपालिका वडा नं. २ को राडु–नेटा क्षेत्रमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै शाहीले विगतमा अधुरा र अपुरा रहेका कामहरू आगामी कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पलाता गाउँपालिकामा रहेका विभिन्न समस्याहरूलाई प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन्।
शाही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ११,३३८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उक्त कार्यक्रममा प्रदेश समिति सचिवालय सदस्य तथा पलाता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले पनि सम्बोधन गर्दै अबको नेतृत्वमा पलाता गाउँपालिकाका अधुरा तथा अपुरा कामहरू पूरा हुने विश्वास व्यक्त गरे। अध्यक्ष रोकायाले आफूहरू सधैं जनताको बीचमा रहेर जनहितका कामहरू गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन