गाउँघर विशेष समाचार सुदूरपश्चिम प्रदेश

निक साइमन्स इन्स्टिच्युट नामक संस्था काेल्टि अस्पतालमा संचालन हुँदै!

बाजुरा — जिल्लाको बुढिनन्दा नगरपालिकाको समन्वयमा निक साइमन्स इन्स्टिच्युटको लगानीमा पाँच वर्षका लागि एमडीजिपी डाक्टरसहित पाँच जना चिकित्सकको टोली कोल्टी आधारभूत अस्पतालमा सञ्चालन हुने भएको छ। दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सुरु हुन लागेको यस कार्यक्रमले यहाँका स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहोराका अनुसार उक्त सेवा सञ्चालनमा आएपछि बाजुरा मात्र नभई छिमेकी जिल्ला कालिकोट, मुगु र हुम्लाका स्थानीय बासिन्दाले पनि सहज रूपमा स्वास्थ्य सेवा पाउनेछन्। लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभावका कारण सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता रहेको अवस्थामा अब कोल्टी आधारभूत अस्पतालबाट नै आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सकिने विश्वास गरिएको छ।
नगरप्रमुख बोहोराले मानव जीवन सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दै स्वास्थ्य सेवा सुधार नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “मान्छे सबैभन्दा ठूलो कुरा हो। मान्छे बाँच्यो भने अरू कामहरू पछि पनि गर्न सकिन्छ, त्यसैले मान्छे बाँच्नु नै हाम्रो आवश्यकता हो।”
यस पहलबाट दुर्गम क्षेत्रका नागरिकले समयमै उपचार पाउने, बिरामीलाई बाहिरका सहरमा लैजानुपर्ने बाध्यता कम हुने तथा समग्र रूपमा स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। स्थानीय तह, स्वास्थ्य संस्था र सम्बन्धित निकायको सहकार्यमा सुरु हुन लागेको यो कार्यक्रमले सुदूर दुर्गम भेगका नागरिकको स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन