साहित्य

INF बाजुरा शाखाद्वारा वार्षिक बजेट सार्वजनिक, आगामी वर्षका लागि सामाजिक तथा मानवीय कार्यक्रमलाई प्राथमिकता


बाजुरा। INF (इन्टरनेशनल नेपाल फेलोसिप) बाजुरा शाखाले आर्थिक वर्षका लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको छ। संस्थाले बजेट सार्वजनिक गर्दै आगामी वर्षमा पनि सामाजिक विकास, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन तथा समुदायको सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
संस्थाले बाजुरा जिल्लाका बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकासँग समन्वय तथा सहकार्य गर्दै विभिन्न विकासमुखी र मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विशेष गरी आर्थिक रूपमा विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ।
त्यसैगरी प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने, बाढी तथा पहिरोपीडितलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने, स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, सरसफाइ तथा पोषणसम्बन्धी अभियान सञ्चालन गर्ने, जीविकोपार्जन सुधारका लागि सीपमूलक तालिम प्रदान गर्ने र स्थानीय समुदायको क्षमता अभिवृद्धिका कार्यक्रमलाई पनि संस्थाले निरन्तरता दिएको जनाएको छ।
संस्थाले स्थानीय सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै समुदायको आवश्यकता अनुसार योजना निर्माण तथा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी वर्षमा पनि शिक्षा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, समावेशी विकास, महिला सशक्तीकरण तथा दिगो समुदाय निर्माणका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने संस्थाको भनाइ छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले सरकारी निकाय र गैरसरकारी संस्थाबीचको सहकार्यबाट दुर्गम क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ पाएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

छुटाउनुभयो कि ?

समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन
प्रविधि भिडियो मनोरञ्जन साहित्य

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध,